प्रमुख समाचार

एमाले महाधिवेशन : अष्टलक्ष्मीले ल्याइन् उपाध्यक्षमा सबैभन्दा धेरै मत

इकागज |
मंसिर १४, २०७८ मंगलबार १६:१७ बजे

फाइल तस्बिर

काठमाडौँ – नेकपा एमालेको १०औँ महाधिवेशनअन्तरर्गतको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमा उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत ल्याएकी छन् । शाक्यले २०९६ मत खसेकोमा १९७६ मत ल्याइन् ।  

त्यस्तै सुरेन्द्र पाण्डेले १९२५ प्राप्त गरे । एमाले संसदीय दलका उपनेतासमेत रहेका सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवाललिे १८४२ र रामबहादुर थापाले १७६८ मत ल्याए । उपाध्यक्ष जित्नेमा थापाको सबैभन्दा कम भोट आयो । उता उपाध्यक्षमा हार बेहोरेका घनश्याम भुसालले भने जम्मा ७२५ मत प्राप्त गरे ।   
 



Author

थप समाचार
x