प्रमुख समाचार

कांग्रेस जिल्ला अधिवेशन : बाँकी १६ जिल्लाको निर्वाचन पुस २७ गते

इकागज |
पुस १२, २०७८ सोमबार १९:० बजे

काठमाडौँ – नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी १६ जिल्लाको नयाँ कार्यतालिका सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार केन्द्रीय महाधिवेशनअघि निर्वाचन नभएका जिल्लामा पुस २७ गते नेतृत्व चयनका लागि निर्वाचन हुनेछ ।  

‘पुस २७ गते १६ जिल्लाको जिल्ला कार्यसमिति चयनको लागि निर्वाचन हुनेछ,’ उनले भने ।  विभिन्न विवादका कारण केन्द्रीय महाधिवेशन भइसक्दासमेत १६ जिल्लामा नेतृत्व चयन हुन सकेको थिएन ।  प्रदेश २ का अधिकांश जिल्लामा कांग्रेस नेतृत्व चयनको लागि निर्वाचन भएको छैन ।  सिरहा, सप्तरी, धनुषा, सर्लाही, धनुषा, रौटहट, बारा, पर्सा, चितवन, नवलपुर, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, बाँके, कैलाली, अछाम जिल्लामा पुस २७ गते एकै दिन निर्वाचन हुनेछ । 


कांग्रेसको केन्द्रीय महाधिवेशन भए पनि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर जिल्लाको अधिवेशन हुन बाँकी छ । 


Author

थप समाचार
x