प्रमुख समाचार

अत्यावश्यक वस्तुको अभाव छैन, महंगी नियन्त्रणमा नै छ : देउवा

इकागज |
माघ ७, २०७८ शुक्रबार १६:३५ बजे

काठमाडाैँ – प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा कुनै पनि अत्यावश्यक वस्तुको अभाव नभएको दाबी गरेका छन् ।

आज शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले अत्यावश्यक वस्तुको अभाव नभएको दाबी गरेका हुन् ।   


‘सरकारको नेतृत्व गरेपछि आर्थिक समाजिक रुपान्तरणमा जोड दिएको छु । उत्पादनमुखी अर्थतन्त्रलाई जोड दिएको छु । आपूर्ति व्यवस्था सुधार गरि महँगी नियन्त्रणमा गरेको छु। भ्रष्टाचार नियन्त्रणमा काम भएका छन्। अत्यावश्यक वस्तुको कुनै अभाव छैन’ उनले भने ।   

प्रधानमन्त्री बनेपछि देउवाले छ महिनाको अवधिमा पहिलो पटक आज राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् ।

 


Author

थप समाचार
x