प्रमुख समाचार

प्रधानमन्त्रीविरुद्धका दुई वटा अवहेलना मुद्दा सर्वाेच्चमा दर्ता

इकागज |
माघ १३, २०७७ मंगलबार १५:७ बजे

फाइल तस्वीर

काठमाडौँ : कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलनाका दुई वटा निवेदन सर्वोच्चमा दर्ता हुँदैछन् । प्रतिनिधि सभा विघटनविरुद्धको विचाराधीन मुद्दामा जथाभावी बोलेको र कानुन व्यवसायीमाथि व्यक्तिगत टिप्पणी गरेको आरोपमा कानुन व्‍यवसायीद्वय कुमार शर्मा आचार्य र कन्चनकृष्ण न्यौपानेलयायतले पेस गरेका दुई वटा निवेदन मंगलबार सर्वोच्चमा दर्ता हुँन लागेका हुन् । 

आइतबारको बहसमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि प्रधानमन्त्री ओलीले अदालतको अवहेलना गरेको भन्दै प्रश्‍न उठाएका थिए ।  त्यस्तै नेपाल बार एशोसियशनका चार  पूर्वअध्यक्षहरुले पनि विज्ञप्ति जारी गरी कानुन व्यवसायीका सबैभन्दा जेष्ठ सदस्य वरिष्ठत अधिवक्ता बारका पूर्वअध्यक्ष कृष्णप्रसाद भण्डारीको घोर अपमान र मानमर्दन गरेको बताएका छन् ।


केही दिनअघि प्रधानमन्त्री ओलीले संवैधानिक इजलासमा भएको बहसलाई 'तमासा'को संज्ञा दिएका थिए । प्रधानमन्त्रीसँगै पूर्व चार प्रधानन्यायाधीशलाई पनि विपक्षी बनाएर अपहेलना र विचाराधिन मुद्दामा अदालतलाई प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै निवेदन दर्ता प्रक्रियामा गएको हो ।

पूर्वप्रधानन्याधीश मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध निवेदन दर्ता गर्न लागिएको हो । उनीहरूले प्रतिनिधि सभा विघटनका विषयमा स‌ंयुक्त विज्ञप्ति जारी गरेका थिए ।  

साथै पूर्वसभामुख दमननाथ ढु‌ंगानाविरुद्ध पनि अपहेलना मुद्दा दर्ताको प्रक्रियामा गएको छ । अदालतले मुद्दा दर्ता गर्ने बताइसकेको स्राेतले बतायो । ढुंगानाले प्रतिनिधि सभा विघटनबारे धारणाा राख्दै आएका छन् । 

 

 

 

 


Author

थप समाचार
x