प्रमुख समाचार

सुदूरपश्‍चिमका डिआइजी सुवेदीले भने, ‘भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको देखियो’

नवराज पनेरु |
माघ २६, २०७७ सोमबार १७:१४ बजे

धनगढी : बैतडीमा बिहीबार मृत फेला परेकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्टबाट दोगडाकेदार गाउँपालिका-७ की भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि भएको सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तम सुवेदीले जानकारी दिए । उनले भने, ‘पोष्टमार्टम रिपोर्टमा कज अफ डेथ बलात्कारपछि घाँटी थिचेको देखियो ।’
 
उनले सामूहिक बलात्कार हो वा होइन भन्‍नेबारे थप परीक्षण भइरहेको जानकारी दिए । ‘हामीले घटनास्थलमा प्राप्त भएका सबै तथ्य परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएका छौ,’ सुवेदीले इकागजसँग भने, ‘प्रयोगशालाबाट रिपोर्ट प्राप्त भए अनुसन्धानमा अझै सहज हुने देखिन्छ ।’

बुधबार हराएकी भट्टको बिहीबार विभत्स अवस्थामा शव फेला परेको थियो । घटनामा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नै अनुसन्धान अधिकृत भएर काम गरिरहेका छन् । उनलाई सघाउन नेपाल प्रहरीका एसएसपी जनकराज पाण्डेय र सीआइवीका डिएसपीको नेतृत्वमा छुट्टाछुट्टै टोली बैतडी पुगिसकेको छ । सुदूरपश्‍चिमका प्रहरी प्रमुख डिआइजी सुवेदी पनि बैतडीमै छन् । 



Author

थप समाचार
x