प्रमुख समाचार

आफ्नै साथीमाथि गोली प्रहार गर्ने युवक पक्राउ

आफ्नै-साथीमाथि-गोली-प्रह

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:५ बजे

जनकपुरधाम– आफ्नै साथीमाथि गोली प्रहार गर्ने जनकपुरधामका एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका १९ बेंगा शिवपुरका रुपेश यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए।

शनिबार राति कमला नगरपालिका ८ घर भई जनकपुरधाम १९ मा आफ्नो मामाको घरमा बस्दै आएका १८ वर्षीय मुकेश मुखियामाथि गोली प्रहार गरी हत्या गरिएको थियो । आफ्नो ५÷६ जना साथीसँग बसेर कुरा गरिरहेको बेला ती साथीहरु मध्येका रुपेशले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

रुपेशलाई प्रहरीले आइतबार साँझ घटना पश्चात भारततर्फ भाग्दै गरेको अवस्थामा धनौजी गाँउपालिका ४ स्थित नेपाल भारतको सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रवक्ता बस्नेतले बताए ।

गोली लागेका मुकेश र गोली हान्ने रुपेश दुवै साथी–साथी हुन्। मुकेश आफ्नो मामाको किराना पसलमा बसिरहेको अवस्थामा रुपेशले ल्याएको पेस्तोल चलाउँदा सो गोली लागेर मुकेश सख्त घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो । उनीहरुबीच कुनै विवाद पनि नरहेको गोली कसरी चल्छ देखाउने क्रममा गोली लाग्न गएको प्रवक्ता बस्नेतको भनाइ छ ।

गोली लागि गम्भीर घाईते भएका मुकेशको हाल काठमाण्डौस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।



Author

थप समाचार
x