प्रमुख समाचार

सात महिनामा अख्तियारमा ७ हजार ५ सयबढी उजुरी

सात-माहिनामा-अख्तियारमा

सन्दिप कुमार बैश्य |
फागुन २४, २०७८ मंगलबार १८:७ बजे

काठमाडाैँ – अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा चालू आर्थिक वर्षकाे सात माहिनामा ७ हजार ५ सयबढी उजुरी परेका छन् ।

अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग केन्द्रीय कार्यालयका अनुसार साउनमा १ हजार ६ सय ३२, भदाैँमा १ हजार ३ सय १५, असाेजमा १ हजार १९, कात्तिकमा  ८ सय ४०, मंसिरमा ९ सय ९२, पाैषमा १ हजार १ सय १५ र माघमा ६ सय ५७ गरी सात महिनामा ७ हजार ५७० उजुरी परेकाे हाे।

अख्तियारका प्रवक्ता एवं सूचना अधिकारी श्यामप्रसाद भण्डारीले केन्द्रीय कार्यालयमातहत रहेका ८ वटै कार्यालयमा परेकाे उजुरीलाई जाेडेर सात महिनामा ७ हजार ५७० उजुरी परेकाे बताए ।

प्रवक्ता भण्डारीकाअनुसार लिखित निवेदन, भाइबर, ईमेल, हुलाक सेवा, माेबाइल एप, टेलिफाेन, माेबाइल एसएमएस, फेसबुक, सञ्चार माध्यम, आयाेग वेभसाइट र अन्य गाेप्य स्राेतमार्फत परेकाे उजुरीकाे आधारमा छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाइन्छ ।

सात महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ईटहरीमा ४ सय ५ उजुरी, आयोगको कार्यालय, बर्दिवासमा ४ सय ७, आयोगको कार्यालय,हेटौडामा ५ सय ४१, आयोगको कार्यालय,पोखरामा २ सय ७८, आयोगको कार्यालय,बुटवलमा ३ सय ७८, आयोगको कार्यालय, बुटवल(सम्पर्क कार्यालय:नेपालगन्ज) मा २ सय २२, आयोगको कार्यालय,सुर्खेतमा ३ सय ३१, आयोगको कार्यालय,कञ्चनपुरमा ३ सय १७ र आयोगको केन्द्रीय कार्यालय, काठमाडाैँमा ४ हजार ६ सय ९१ उजुरी परेकाे हाे ।

त्यस्तै आयाेगका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले साउनदेखि फागुन २३ गतेसम्म १७ स्थानमा रंगेहात कारवाही गरिएकाे बताए ।

उनका अनुसार रंगेहात कारबाहीमा परेका २७ व्यक्तिमध्ये राष्ट्रसेवक कर्मचारी १७ जना रहेका छन् । त्यसैगरी ६ जना निर्वाचित/मनोनित पदाधिकारी र ६ जना बिचौलिया/अन्य व्यक्ति कारवाहीमा परेका छन्। उनले साेही अवधिमा आयाेगले ५४ वटा आराेपपत्र विशेष अदालतमा दायर गरेकाे बताए।



Author

सन्दिप कुमार बैश्य

बैश्य इकागजका संवाददाता हुन् ।


थप समाचार
x