प्रमुख समाचार

नेपाली सेनाका प्रमुख र अमेरिकी सेनाका एडजटेन्ट जेनेरल टर्लीबीच भेटवार्ता

इकागज |
बैशाख १३, २०७९ मंगलबार १७:५५ बजे

काठमाडौँ-  नेपाली सेनाका प्रमुख प्रभुराम शर्मा र अमेरिकी सेना अन्तर्गत रहेको उताहा नेशनल गार्डका एडजटेन्ट जेनेरल माइकल जे टर्लीसँग भेटवार्ता भएको छ ।

मंगलबार सेनाको मुख्यालयमा मेजर जेनेरल टर्लीसँगको भेटवार्तामा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्को विषषयमा छलफल भएको सेनाको मुख्यालयले जनाएको छ ।


यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको सम्बन्ध सुदृढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।


Author

थप समाचार
x