संसद्

प्रतिनिधि सभा बैठक बस्दै, बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने

एमालेले भण्डाफोर गर्ने

इकागज |
जेठ १७, २०७९ मंगलबार ८:३९ बजे

फाइल तस्‍बिर

काठमाडौँ - आज प्रतिनिधि सभा बेठक बस्दैछ । आजको बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल छलफल सुरु हुने भएको छ । 

बिहान ११ बजे सुरु हुने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । उक्त प्रस्तावपछि सांसदहरूले बजेटमाथि आफ्नो धारणा राख्नेछन् । 


सदनमा प्रस्तुत बजेटको प्रतिपक्षी नेकपा एमालेले भण्डाफोर गर्ने भएको छ ।  सोमबार बसेको एमाले संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै भण्डाफोर गर्न सांसदहरूलाई निर्देशन दिएका थिए । 

ओलीले बजेट अनुचित, विना सिद्धान्त र प्राथमिकताको आधारमा आएको भन्दै त्यसको भण्डाफोर हुने गरी जनताको बिचमा लैजान पार्टीका सांसदहरूलाई निर्देशन दिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । 

बैठकले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमा भोट माग्ने किसिमले आएको, मुलुकको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको हावादारी रहेको निष्कर्ष समेत निकालेको थियो ।


Author

थप समाचार
x