संसद्

गाँजा प्राणघातक रोगको औषधि बन्‍न सक्छ, व्यवस्थित गरौँ : तामाङ

इकागज |
जेठ २९, २०७९ आइतबार १२:४२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमाले सांसद शेरबहादुर तामाङले प्रतिबन्धित गाँजाको औषधिय गुणलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले गाँजा बन्‍ने सीबीडी र सीबीडीबाट बन्‍ने औषधिले क्यान्सर, एड्सजस्ता प्राण घातक रोग निको पार्न सक्ने भन्दै व्यवस्थित गर्न आग्रह गरे । 

गाँजाको औषधिय गुणलाई वैधानिकता गर्न सरकारसँग माग गर्दै उनले गाँजा खेतीबाट नेपालको पूर्वाधार विकास र राज्यको १६ खर्ब ऋण एक दुई वर्षमा तिर्न सकिने दाबी गरे । 


गाँजालाई वैधानिकता दिनुपर्ने माग उठिरहेका बेला सांसद तामाङले यसको औषधिय गुण प्रयोग गर्न र गाँजा उत्पादन गरेर विदेश निर्यात गर्न माग गरेका हुन् ।


Author

थप समाचार
x