संसद्

राष्ट्रिय सभाको बैठक बस्दै

इकागज |
असार १२, २०७९ आइतबार ६:५५ बजे

फाइल तस्बिर

काठमाडौं -​ संघीय संसद्‍को माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज आइतबार बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । 

आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ । 
बजेट  प्रतिनिधि सभाबाट पारित भइसकेको छ । राष्ट्रिय सभामा छलफलकै क्रममा छ । 



Author

थप समाचार
x