संसद्

जब संसद्‌ बैठकमै अमरेशकुमार सिंहले लुगा खोले... (भिडियो)

इकागज |
बैशाख २५, २०८० सोमबार ११:४३ बजे

काठमाडौँ - स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संसदमा कपडा खोलेर प्रदर्शन गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकको शुरुमै बोल्नका लागि हात उठाएका सांसद सिंहले बोल्न समय नपाएपछि कपडा खोलेर प्रदर्शन गरेका हुन् ।

 सांसदहरु सिंह र प्रेम सुवालले आकस्मिक समयमा बोल्नुपर्ने माग गर्दै हात उठाएर उठाएका थिए । तर सभामुखले बैठकमा आकस्मिक समय र विशेष समय नरहेको र बैठक नियमित कारबाहीमा जाने भनेसँगै सांसद सिंहले आफ्नो सर्ट र भित्री गन्जी खोली विरोध जनाएका हुन् । 


त्यससँगै संसदमा अन्य दलका सांसदहरु समेत बोल्न पाउनुपर्ने माग उठेका थिए । तर सभामुख देवराज घिमिरेले सांसद सिंहलाई अशिष्ट, अश्लिल, अपमानजनक व्यवहार नगर्न अनुरोध गर्नुभयो भने प्रतिनिधि सभा नियमावलीको नियम ३० अनुसार चल्न आग्रह गरे । अनुशासित नभए सांसद सिंहमाथि अन्य कारबाही हुने चेतावनी पनि उनले दिए । 

यससँगै सभामुखले शून्य समयको कार्यक्रम प्रारम्भ गरे । हाल प्रतिनिधि सभा बैठक चलिरहेको छ ।


Author

थप समाचार
x