संसद्

मानव विकास केन्द्रित बजेट ल्याउनु हाेला : सिके राउत

इकागज |
बैशाख २६, २०८० मंगलबार १६:२८ बजे

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले सरकारले आगामी बजेट मानव केन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताएका छन् ।​ मंगलबार प्रतिनिधि सभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै अध्यक्ष डा.राउतले यस्तो बताएका हुन् ।

उनले सरकारले अहिलेसम्म मानव केन्द्रित भन्दा पनि अनावश्यक क्षेत्रमा खर्च गरिरहेको उल्लेख गरे । विगत लामो समयदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएको उनकाे भनाइ छ ।


अध्यक्ष डा.राउतले गलत विकास मोडलको अभ्यास गर्दा विकास भनेकै ठूला–ठूला भवन, विमानस्थल र सडकहरू भन्ने भाष्य कायम रहेको बताए । उनले प्रहरीका कर्मचारीहरू तलब नपाएर रोइरहेको अवस्था रहेको भन्दै यता सरकार एयर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरूमा ऋण लिएर भए पनि बनाउने तयारी गर्नु गलत भएको बताए ।

उनले सरकारले नागरिकलाई स्वास्थ्य उपचार दिन सकेको छैनौँ तर ठूला भ्युटावरहरूलाई बनाउँदै गइरहेको उल्लेख गरे । उनले सडकमा प्रतिघण्टा १०० सवारी नगुड्ने सडकलाई चार लेन बनाउने भन्दै सरकार लहलैहीमा लागेको आरोप लगाए । 


Author

थप समाचार
x