संसद्

राष्ट्रपतिबाट संसद्को अधिकार नखोसियोस् : एमाले सांसद रघुजी पन्त

इकागज |
बैशाख २७, २०८० बुधबार १२:५१ बजे

काठमाडौँ–नेकपा एमालेका सांसद् रघुजी पन्तले संसद्को अधिकार राष्ट्रपतिलाई नखोस्न आग्रह गरेका छन् । बुधबार संसद बैठकमा बोल्दै उनले राष्ट्रपतिलाई यस्तो आग्रह गरेका हुन् ।

‘धुलो लागेर बसेको विधेयकलाई टकटक्याउँदै राष्ट्रपतिले जारी गर्न मिल्छ कि मिल्दैन भनेर छलफल गर्न मिल्छ ?,’ उनले भने, ‘संविधानको संरक्षकले गर्न मिल्छ ? त्यसैले सभामुख महोदय म राष्ट्रपतिलाई आग्रह गर्न चाहन्छु यो संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिकार उहाँबाट नखोसियोस् ।’


सांसद् पन्तले नागरिकता विधेयकका विषयमा राष्ट्रपतिले सल्लाहलाई निरन्तरता दिएको भन्दै यस्तो नगर्न अनुरोध गरेका हुन् । उनले सरकारलाई उक्त विधेयकलाई संसद्‌मा ल्याएर परित गराउनसमेत आग्रह गरे ।

‘राष्ट्रपति ज्यूले सरसल्लाहलाई निरन्तरता दिनुभएको छ,’ उनले भने, ‘निष्क्रिय भएर थन्किसकेको नागरिकता विधेयकको सम्बन्धमा । आज पनि त्यो समाचार पढ्दा बढो दुःख लागेको छ । सरकारलाई आग्रह गर्दछु । त्यो नागरिकता विधेयक प्रतिनिधिसभमा ल्याएर छलफल गरोस्, हामी छिटो भन्दा छिटो त्यसलाई छलफल गरेर पारित गर्छौँ ।’ 


Author

थप समाचार
x