संसद्

दुईदुई पटक पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनुहुँदैन, प्रमाणीकरण हुनुपर्छ : विमलेन्द्र निधि

इकागज |
जेठ १०, २०८० बुधबार १२:१३ बजे

काठमाडौँ–कांग्रेस सांसद विमलेन्द्र निधिले अघिल्लो संसद्ले परित गरेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने बताएका छन् । बिहीबारको संसद् बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । 

‘नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले संवैधानिक आधारहरू खोज्नुभएको छ भन्ने सुनेको छु,’ उनले भने, ‘संसदबाट दुईदुई पटक पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनुहुँदैन । त्यहीँबाट प्रमाणीकरण हुनुपर्छ ।’


मन्त्रिपरिषद्ले नै निर्णय गरेर राष्ट्रपतिसँग  सल्लाह गरेर प्रमाणीकरण हुनुपर्ने उनको भनाइ छ । संविधानसम्मत कुरा भएकाले प्रमाणीकरण अन्य समस्या नहुने भन्दै उनले सरकारलाई यस विषयमा सक्रिय हुन अनुरोध समेत गरे । 


Author

थप समाचार
x