संसद्

नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै होइन : प्रधानमन्त्री

इकागज |
जेठ १३, २०८० शनिबार १९:१२ बजे

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रम २०८०/८१ मा पुरानै विषय मात्रै दोहोरिएको नभइ नयाँ कार्यक्रमहरू पनि आएको बताएका छन् । सरकार अविछिन्न उत्तराधिकारी भएकाले पुराना महत्वपूर्ण योजनाहरूले निरन्तरता पाउनुका साथै नयाँ कार्यक्रमहरूपनि समावेश भएको उनले बताएका हुन् । 

नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नहरूको शनिबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले सरकारले नयाँ कार्यक्रमहरूलाई पनि नीति तथा कार्यक्रममा समेटेको बताए । जस्तै सामुदायिक अस्पतालमा ओपीडि सेवा बिहान ८ देखि साँझ ८ सम्म गर्ने, आगलागी लगायत दुर्घटनामा घाइते भएकालाई सेवा दिन एकीकृत सेवा सञ्चालन गर्नेलगायत नयाँ कार्यक्रम पनि रहेका उनले बताए ।  



Author

थप समाचार
x