संसद्

बागमती प्रदेशबाट तीन सय ४७ ले मतदान गर्ने

इकागज |
पुस २२, २०८० आइतबार २१:१४ बजे

मकवानपुर- बागमती प्रदेश, राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि आज अन्तिम मतदाता नामावलीको सूची सार्वजनिक गरिएको छ । प्रदेश निर्वाचन कार्यालय मकवानपुरले बागमती प्रदेश (क्लस्टर) मा चार पदको निर्वाचनका लागि कुल तीन सय ४७ मतदाताको सूची सार्वजनिक गरेको हो । 

निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले चार पदका लागि यही पुस २३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्ममा राजनीतिक दलहरूका तर्फबाट र स्वतन्त्र उम्मेदवारहरूले आ-आफ्नो उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको जानकारी दिए ।


राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेश सभाका एक सय १० जना प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख दुई सय ३७ जना गरी कुल तीन सय ४७ मतदाताको नामावली सार्वजनिक गरिएको बागमती प्रदेश निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तारा आचार्यले जानकारी दिइन् ।

कुनै पनि मतदाताको नामको विरुद्धमा उजुरी नपरेको र सो नामावलीमाथि थप संशोधन गर्न नपरेकाले जम्मा तीन सय ४७ मतदाता राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा मतदान गर्न पाउने भएको बागमती प्रदेश निर्वाचन अधिकृत सञ्जेलले बताए ।


Author

थप समाचार
x