संसद्

सन्धि सम्झौताको विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन

इकागज |
पुस २५, २०८० बुधबार १६:२१ बजे

काठमाडौँ - प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले विभिन्न मितिमा भएका सन्धि सम्झौताको विवरण उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले नेपाल सरकार पक्ष भई विभिन्न मुलुकहरू वा अन्तरसरकारी संघ संगठनहरुसँग भएका सन्धि सम्झौताहरू, संसद्ले अनुमोदन गरेका र अनुमोदन गर्न बाँकी रहेका समेत खुलेको विवरण समितिमा उपलव्ध गराउन निर्देशन दिएको सभापति विमला सुवेदीले जानकारी दिइन् । 


त्यस्तै बैठकले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा भएका सहमति सम्झौताहरुको पूर्ण विवरण सात दिनभित्र समितिमा उपलव्ध गराउन पनि निर्देशन दिइएको उनले बताइन् । 

बैठकमा समिति सदस्यहरुले नेपालको आवश्यकताका आधारमा मात्रै मित्रराष्ट्रबाट सहयोग लिनुपर्ने धारणा राखेका थिए । समिति सदस्य जीवन परियारले नेपालको आवश्यकता र प्राथमिकतामा आधारमा सहयोग लिने र खर्च गर्ने परिपाटी सिर्जना गर्नुपर्ने बताए । उनले समितिको क्षेत्राधिकार अन्तराष्ट्रिय सन्धी सम्झौता रहेकाले यस बिषयमा समितिमा नै छलफल हुनुपर्ने धारणा राखेका थिए । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसंग हालै भएको सहमतिका बारेमा जानकारी गराएका थिए । 


Author

थप समाचार
x