संसद्

मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउन राष्ट्रिय सहमति हुनुपर्छ : सभामुख घिमिरे

इकागज |
फागुन ३, २०८० बिहीबार १४:२३ बजे

काठमाडौँ- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउन राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले व्यवस्था प्रति बढेको वितृष्णा अन्त्य गर्न, राष्ट्र निर्माण र आर्थिक समृद्धिका लागि राजनीतिक दलहरूबीच छलफल र सहकार्य हुनुपर्ने बताएका हुन् ।


उनले केहीको चाहनाका आधारमा व्यवस्था नै परिवर्तन हुने स्थिति नभएको र जनतामा देखिएको निराशा अन्त्यका लागि राजनीतिक दलहरू र नागरिकहरू एकताबद्ध हुनुपर्ने बताए ।

सभामुख घिमिरेले भर्खरै सुरु भएको संसदको हिउँदे अधिवेशनलाई विगतको अनुभवका आधारमा गतिशील बनाएर लैजानुपर्ने धारणा राखे । उनले चालु अधिवेशनमा सरकारले करिब ६१ वटा विधेयकहरू ल्याउने तयारी गरेकाले यसपटक धेरै कानुन निर्माण हुन सक्ने जिकिर गरे ।  


Author

थप समाचार
x