खेलकुद

रुससँगको युद्धका क्रममा युक्रेनका ओलम्पियनको मृत्यु

इकागज |
बैशाख २५, २०८१ मंगलबार १०:५० बजे

काठमाडौँ- रुससँगको युद्धका क्रममा युक्रेनका ओलम्पियन ओलेक्जान्डर पिइलिइशेन्कोको मृत्यु भएको छ ।

सन् २०१६ मा ब्राजिलमा आयोजना भएको रियो ओलम्पिकमा युक्रेनको प्रतिनिधित्व गरेका भारत्तोलन खेलाडी ओलेक्जान्डरको रुससँगको युद्धका क्रममा मृत्यु भएको बीबीसीले जनाएको छ ।


सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेसँगै दुईपटकका युरोपियन च्याम्पियन ओलेक्जान्डरले युक्रेनी सेनामा आवद्ध भएका थिए ।

३० वर्षीय ओलेक्जान्डरको रुसविरुद्धको युद्धका क्रममा मृत्यु भएको युक्रेनियन वेटलिफ्टिङ फेडेरेसनका सदस्य तथा प्रशिक्षक भिक्टर स्लोबोडियनियुकले पुष्टी गरेका हुन् ।

सन् २०१६ तथा २०१७ को युरोपियन च्याम्पियनसीपमा स्वर्ण जितेका ओलेक्जान्डर रियो ओलम्पिकमा ८५ केजी तौल समूहमा चौथो भएका थिए ।


Author

थप समाचार
x