संसद्

‘रुसी सेनामा भर्ती भएका ९४ नेपालीको मृत्यु’

इकागज |
फागुन ६, २०८० आइतबार ११:४४ बजे

फाइल तस्बिर

काठमाडौं - रास्वपाका सांसद डोलप्रसाद अर्यालले रुसी सेनामा भर्ती भएर भागेर नेपाली दूतावासमा जाने क्रममा जंगलमा अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले रुसी सेनामा भर्ती भएर भागेर नेपाली दूतावासमा जाने क्रममा उनीहरू अलपत्र परेकाले कूटनीतिकमार्फत् उनीहरुको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 


साथै उनले रुसी सेनामा भर्ती भएका ९४ जना नेपालीको मृत्यु भएको जानकारी दिए । सांसद अर्यालले रुसी सेनामा भर्ती भएका एक हजार नेपाली घाइते भएका र पाँच हजार नेपाली रुसी सेनामा भर्ती भएको बताए । उनले उक्त तथ्यांक अपुष्ट भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । 
 


Author

थप समाचार
x