संसद्

कार्यव्यवस्था परामर्श समिति सदस्यमा सुनिता बराल मनोनीत

इकागज |
चैत २, २०८० शुक्रबार १५:३३ बजे

काठमाडौँ- प्रतिनिधि सभालाई  नेकपा एमालेका सचेतक सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएको जानकारी गराइएको छ । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति सदस्यमा बराल मनोनीत भएको जानकारी गराएका हुन् ।


यसअघि एमालेको तर्फबाट कार्यव्यवस्था परामर्श समिति सदस्य रहेका पदम गिरी कानुनमन्त्री भएपछि बराललाई सदस्यमा मनोनीत गरिएको हो ।


Author

थप समाचार
x