संसद्

राष्ट्रिय सभाको बैठक बस्दै

इकागज |
चैत ३०, २०८० शुक्रबार ६:३८ बजे

फाइल फाेटाे

काठमाडौं - राष्ट्रियसभा बैठक आज बस्दैछ । संघीय संसद भवनमा बस्ने बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन् ।​


कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ प्रतिनिधिसभाबाट भएका शंसोधन माथि छलफल गरियोस्’ र सो ‘शंसोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदम प्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।


Author

थप समाचार
x