राजनीति

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश अनुमोदनप्रति कांग्रेस नेता रायमाझीको असन्तुष्टि

इकागज |
पुस ४, २०८० बुधबार १९:७ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीले सर्वाेच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशको नाम अनुमोदन गरेकोमा असन्तुष्टि व्यक्त गरेका हुन् । समितिको बैठकबाट बाहिरिएका उनले सञ्चारकर्मीहरूमाझ संसदीय समिति न्याय परिषदको कर्मकाण्डी भएको जिकिर गर्दै त्यस्तो समितिमा सांसदहरूले बस्न नमिल्ने प्रतिक्रिया समेत दिए ।


नेता रायमाझीले प्रस्तावित न्यायाधीशहरूको गल्ती औंल्याउँदा पनि समितिले अनुमोदन गर्छ भने त्यस्ता समितिको काम नभएको पनि बताए ।

संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकले न्याय परिषदले सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको थियो । तर, समितिको सो निर्णयप्रति नेता रायमाझीको असन्तुष्टि छ ।  

 


Author

थप समाचार
x