संसद्

राष्ट्रिय सभा बैठक सुरु, प्रतिनिधिसभाको अझै सुरु भएन

इकागज |
बैशाख २८, २०८१ शुक्रबार १५:३ बजे

फाइल फाेटाे

काठमाडौँ - संघीय संसद्को बर्खे अधिवेशन आजदेखि नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ । 

संघीय संसद्‍मध्ये राष्ट्रियसभाको आजको बैठक सुरु भइसकेको छ भने कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेकाले प्रतिनिधिसभा बैठक सुरु हुन विलम्ब भएको छ । दुवै सभाको बैठक आज अपरान्ह २ बजेका लागि आव्हान गरिएको थियो ।


राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।

राष्ट्रियसभाको बैठक आरम्भ गर्दै अध्यक्ष नारायण दाहालले अधिवेशनलाई प्रभावकारी र रचनात्मक बनाउन आग्रह गर्दै सदनमा उठेका विषयमा उत्तरदायी हुन सरकारका सम्बन्धित मन्त्रीलाई स्मरण गराए । 

उनले प्रतिनिधिसभामा विचारधीन रहेका विधेयक र गैह्रसरकारी विधेयसमेतमा छलफल भई राष्ट्रियसभामा फिर्ताको वातावरण बनाउन आग्रह गरे । बैठकको पहिलो दिन सभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका तर्फबाट बोल्ने क्रम जारी छ ।

 


Author

थप समाचार
x