संसद्

सभामुखले बोलाएको बैठक सुरु

इकागज |
बैशाख ३०, २०८१ आइतबार १५:६ बजे

काठमाडौँ - सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न बोलाएको बैठक शुरु भएको छ ।

बैठकमा कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकहरू सहभागी रहेका छन् ।


सभामुख घिमिरेले सिंहदरबारस्थित कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाएका हुन् ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते अपरान्ह ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रस्तुत गर्ने तालिका रहेको छ ।


Author

थप समाचार
x