दल

कोशीको सभामुखमा राप्रपाको दाबी

इकागज |
पुस ४, २०८० बुधबार २०:० बजे

काठमाडौँ- कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सभामुख पदमा दाबी गरेको छ ।

९३ सदस्यीय सभामा ६ सिट रहेको राप्रपाले सभामुख पदमा दाबी गरेको हो । राप्रपाका संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूसँग सभामुख आफ्नो दललाई दिन आग्रह गरिएको बताए ।


राप्रपाले सभामुख पाए हालको गठबन्धन सरकार सुरक्षित हुने र प्रदेश सभाको स्थायित्व पनि सुनिश्चित हुने सिटौलाले बताए ।

राप्रपाबाट अम्बरबहादुर विष्टलाई सभामुखमा अघि सार्ने तयारी गरिएको छ । प्रदेश सभाको आगामी बैठक पर्सि शुक्रबार बोलाइएको छ ।

कोशीमा हाल कांग्रेसका केदार कार्की मुख्यमन्त्री छन् । उनलाई मुख्यमन्त्री बनाउन सघाएको एमालेले भने सरकार छाडिसकेको छ । 


Author

थप समाचार
x