संसद्

सहकारी ठगलाई जोगाउन सत्तापक्षले गरेको षड्यन्त्रले लोकतन्त्र र गणतन्त्रमाथि खतरा : चित्र बहादुर केसी

इकागज |
जेठ १३, २०८१ आइतबार १२:३३ बजे

फाइल फोटो

काठमाडौँ - जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सत्तापक्षले सहकारी ठगलाई जोगाउन षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले सहकारी ठगी गरेर देशलाई तहसनहस बनाउनेलाई सत्तापक्षले जोगाउन जुन षडयन्त्र गरेको छ यो लोकतन्त्र र गणतन्त्र माथिको आक्रमण भएको बताएका हुन् ।


'सत्ताधारीको जुन दुर्दशा छ यसको जनमोर्चा घोर विरोध गर्छ', उनले भने, 'सरकारको नीति तथा कार्यक्रमलाई स्विकार गर्दैन ।' 


Author

थप समाचार
x