दल

चित्र बहादुर केसीको टिप्पणी: सहकारी प्रकरणलाई राफसाफ पार्न रवि लामिछानले गृह मन्त्रालय रोजे

इकागज |
चैत ७, २०८० बुधबार १९:१२ बजे

फाइल फोटो

काठमाडौँ  - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सहकारी प्रकरणलाई राफसाफ पार्न रवि लामिछानले गृह मन्त्रालय रोजेको टिप्पणी गरेका छन् । 

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसंग कुरा गदै केसीले ८४ को निर्वाचनलाई देखाएर सहकारी प्रकरणलाई राफसाफ पार्न लामिछानेले गृहमन्त्रालय राजेको टिप्पणी गरेका हुन् । 


गलत, भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन खोजिएको भन्दै सम्भव नहुने उनले बताए । केसीले संसद भित्र र बाहिर भित्र बद्नाम मान्छेको साहारा लिनु र उनीहरुलाई सरकारमा समावेश गर्नु जनतामाथिको अपमान भएको जिकिर गरे । 

त्यस्तै उनले मानवता विरोधी अपराध गर्नेलाई माफी मिनाहा दिने खेलले संक्रमणकालीन न्यायसँग सम्बन्धीत बिषय १७ बर्षदेखि अड्किएको बताए । 


Author

थप समाचार
x