संसद्

विश्वप्रकाशको गृहमन्त्रीलाई प्रश्न- लोकेशन पत्ता लाग्यो भनेर जीबी राईलाई भगाउन खोजेको हो ?

इकागज |
असार ९, २०८१ आइतबार १२:५५ बजे

काठमाडौँ - नेपली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई भगाउन लोकेशन पत्ता लाग्यो भनेर गृहमन्त्रीले भनेको हो भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले गृहमन्त्री रबि लामिछानेले जीबी राईको लोकेशन पत्ता लाग्यो भनेर गोपनीय सूचना सार्वजनिक गरेको आरोप लगाएका छन् । गृहमन्त्रीले जीबी राईको लोकेशन पत्ता लाग्यो भनेर उनलाई भगाउन खोजेको हो की यो पक्राउ गर्ने नयाँ तरिका हो भन्दै प्रश्न गरेका छन् ।


शर्माले सुर्य दर्शन सहकारीका ठगीका आरोपीमध्ये एक जना जीबी राई फरार रहेको र अर्को गृहमन्त्री रहेको उल्लेख गर्दै गृहमन्त्रीले सहकारी ठगीमा फरार रहेका व्यवसायिक साथीलाई पक्राउ गर्न किन समय लाग्यो भन्दै प्रश्न गरेका छन् ।

उनले मलेसियाबाट कसैलाई पनि पक्राउ गरेर नेपाल ल्याउन सुपुर्दगी सन्धि आवश्यक नपर्ने बताए ।  उनले गृहमन्त्रीले काम नगरेर स्टन्ट गरिरहेको बताए ।

महामन्त्री शर्माले सहकारी ठगी प्रकरणको छानबिनमा आशंका रहेको जिकिर गरेका छन् । उनले छानबिनमा संलग्न प्रहरी अधिकारीहरूलाई सरुवा गरिएको जनाउँदै गृहमन्त्रीले संसदमा झुट बोलेको आरोप लगाएका छन् ।
 
   
   


Author

थप समाचार
x