संसद्

कांग्रेसको अल्टिमेटम- आउँदो बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर आओस्

इकागज |
चैत २१, २०८० बुधबार १२:१९ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग बारेको अल्टिमेटम सकिएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले आउँदो बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर आओस भन्दै कांग्रेसले दिएको अल्टिमेटम सकिएको बताएका हुन् ।


कतिपयले कांग्रेसले यो मुद्धालाई कमजोर बनायो भन्ने आरोप गलत भएको बताउँदै उनले अबको बैठक कांग्रेसले माग पुरा नभएमा अवरुद्ध गर्ने संकेत गरेका छन् ।

उनले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नरहेको बताएका हुन् । सहकारी ठगिमा रास्वपाका अन्य नेताहरू पनि संलग्न भएको विषय बाहिर आएको बताउँदै आम जनताको ८० करोड रकम हिनामिना गरिएको बताए ।


Author

थप समाचार
x