संसद्

जीबी राई गृहमन्त्री लामिछानेको सम्पर्कमा छन् : महामन्त्री शर्मा

इकागज |
चैत २१, २०८० बुधबार १२:२७ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई संसदीय समितिको छानबिन समितिमा अबको बहस गर्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नरहेको बताएका हुन् ।


सहकारी ठगीमा रास्वपाका अन्य नेताहरुपनि संलग्न भएको विषय बाहिर आएको बताउँदै आम जनताको ८० करोड रकम हिनामिना गरिएको बताए ।

साथै महामन्त्री शर्माले जीबी राईलाई नेपाल ल्याउन ढिलाई गरेको आरोप लगाएका छन् । उनले राई गृहमन्त्रीको सम्पर्कमा रहेको समेत दाबी गरेका छन् ।

उनले भने- 'राई मलेसियामा छन् दुनियाँलाई थाहा छ । मलेसियाको कानून पनि हेर्नुहोला । जीबी राईलाई ल्याउने कुरामा के कुराले ढिलाइ भयो । मैले आरोप लगायो नभनौं तर हामीले पाएको सूचना अनुसार उहाँ गृहमन्त्रीको सम्पर्कमा हुनुहुन्छ ।'

र, यो पनि


Author

थप समाचार
x