संसद्

संसद्‌ बैठकमा केसीको कविता : काण्डैकाण्ड महाकाण्ड, खोइ छानबिन प्रतिवेदन ?

इकागज |
असार १४, २०८१ शुक्रबार १२:३० बजे

काठमाडौँ- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कवितामार्फत सरकारलाई व्यङ्ग्य गरेका छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेता केसीले सरकारका काम कारबाहीप्रति कवितामार्फत व्यङ्ग्य गरेका हुन् । 


केसीले संसद्‌मा वाचन गरेको कविता :

न राज्य नीतिले चल्छ न विधि न त पद्धति 
शीर्षस्थ सिन्डिकेटको राज थपिँदै नवसम्मति । 
संसद्को सार्वभौमिकता मिचियो लोकसम्मती 
हरायो लौन खोजी पाउँ शून्यमा शून्यको गति ।

सांसद संसद्‌मा बोल्छन् सम्बोधन हुन्न केही पनि 
गर्जन हुन्छ बीचबीचमा थोपै बर्सन्न तैपनि ।
काण्डै काण्ड महाकाण्ड, खोइ छानबिन प्रतिवेदन ।
किन ल्याइन्न संसद्‌मा स्वार्थ हो, डर हो किन ?


Author

थप समाचार
x