संसद्

राष्ट्रियसभाको बैठक आज बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने

इकागज |
साउन ३१, २०८१ बिहीबार ७:४७ बजे

फाइल तस्बिर

काठमाडौँ- संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजेका लागि बैठक बोलाइएको छ ।


आजको बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृतिमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


Author

थप समाचार
x