संसद्

रवि लामिछाने बयानका लागि संसदीय समितिमा

इकागज |
भदौ ७, २०८१ शुक्रबार १६:३९ बजे

फाइल फोटो

काठमाडौँ - पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोगबारे बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेका छन् ।

गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई समितिले आज सोधपुछका लागि बोलाएको थियो ।


लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समिति सभापति सूर्य थापाले जानकारी दिए ।

समितिले गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीसँग पनि आजै सोधपुछ गरेको छ । जोशी र लामिछानेको कार्यकालमा चार वटा सहकारीबाट ८० करोडभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा लगिएको थियो ।

सहकारीमा भएको समस्याको विषयलाई लिएर संसदले गत १५ गते थापाको सभापतित्वमा समिति गठन गरेको थियो भने समितिले २३ गतेदेखि काम सुरु गरेको थियो । समितिले पाएको तीन महिनाको समयअवधि यही भदौ २३ गते सकिँदैछ ।


Author

थप समाचार
x