संसद्

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्‍भावित कार्यसूची

इकागज |
असोज ७, २०७८ बिहीबार ७:१० बजे

काठमाडौं - प्रतिनिधिसभा बैठकको आज बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयकमाथि छलफल गर्ने सम्‍भावित कार्यसूची छ । 
आजको बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि छलफल गर्ने कार्यसूची रहेको छ।

यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले यसअघि निरन्‍तर बैठक अवरोध गर्दै आएको छ ।



Author

थप समाचार
x