संसद्

आज प्रतिनिधि सभा बैठक बस्‍दै, यस्‍तो छ सम्‍भावित कार्यक्रम

इकागज |
असोज १४, २०७८ बिहीबार ९:४२ बजे

काठमाडौं - संघीय संसद्‍अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद् भवन नयाँबानेश्वरमा बैठक दिउँसो १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा राष्‍ट्रपति कार्यालयबाट राजनीतिक दलसम्‍बन्‍धी अध्यादेश खारेजसम्‍बन्‍धी पत्रको व्यहोरा पढेर सुनाउने सम्‍भावित कार्यसूची छ । त्‍यस्तै आजको बैठकमा प्रधानमन्‍त्री शेरबहादुर देउवाले महालेखा परीक्कोषकको  ५८औँ वार्षिक प्रतिवेदन २०७८ पेस गर्नेछन् । 

संसद्‍मा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्‍तर अवरोध गर्दै आएको । एमालेको अवरोध आज पनि जारी रहने सम्‍भावना छ । तर, संसदको गतिरोध अन‍त्य गर्न प्रधानमन्‍त्री शेरबहादुर देउवाले आजै सर्वदलीय बैठक बोलाएका छन् ।


यस्‍तो छ सम्‍भावित कार्यसूची


Author

थप समाचार
x