संसद्

प्रतिनिधि सभाको बैठक बस्‍दै, यस्तो छ सम्भावित कार्यसूची

इकागज |
असोज २२, २०७८ शुक्रबार ९:३८ बजे

काठमाडौँ- प्रतिनिधि सभाको बैठक आज बस्‍दैछ । आज दिउँसो १ बजे बस्‍ने बैठकमा विधेयक फिर्ता लिने प्रस्ताव गर्ने संसद्‌ सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री एंव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री शेरबहादुर देउवाले संघीय निजामति सेवा विधेयक २०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।


त्यस्तै भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पत्ति भइ प्रतिनिधि सभामा विचारधीन रेल्वे विधेयक २०७६ फिर्ता लिन राष्ट्र्रिय सभाको सहमतिको निमित्त प्रतिनिधि सभाको सिफारिसमा प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।


Author

थप समाचार
x