दल

वामदेव र बाबुराम हँसिया हँथौडा चिह्नमा चुनाव लड्ने

इकागज |
साउन ३१, २०७९ मंगलबार ११:३६ बजे

काठमाडौँ - राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएर आगामी संघीय संसद्को निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् । मंगलबार (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठकले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई आगामी संघीय निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नमा निर्वाचन लड्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जनकारी दिए । 

उनका अनुसार आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न गोलाकारभित्रको हसिया हतौडामा चुनाव लड्न स्वीकृति दिएको उनले बताए । उनले दुवै नेताले राखेका केही शर्तहरूका बारेमा भने बुधबार छलफल हुने बताए । 



Author

थप समाचार
x