दल

जसपाका कुन-कुन सांसदले छोडे उपेन्द्रको साथ ?

इकागज |
बैशाख २३, २०८१ आइतबार १८:२१ बजे

काठमाडौँ- सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ ।  

आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ ।


संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरू राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन् । साथै उनीहरूसँग २९ जना केन्द्रीय सदस्य रहेको बताइएको छ । 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला उनको पार्टी विभाजन भएको छ ।

यो पनि,

जसपा फुट्यो, अशोक राईको नेतृत्वमा आयोगमा निवेदन


Author

थप समाचार
x