दल

सुदूरपश्चिममा कांग्रेस पहिलो, एमाले चौँथो

इकागज |
मंसिर १२, २०७९ सोमबार १५:६ बजे

धनगढी- ​सुदूरपश्चिम प्रदेशका ३२ सिटमध्ये ३० वटा सिटको मतगणना हुँदा नेपाली कांग्रेसले सबैभन्दा बढी सिटमा विजय हासिल गरेको छ । 

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार ११ स्थानमा विजय हासिल गरेर कांग्रेस पहिलो पार्टी भएको हो । 


सो प्रदेशमा आठ सिटमा विजय हासिल गर्दै माओवादी केन्द्र दोस्रो स्थानमा छ । रेशमलाल चौधरी आबद्ध नागरिक उन्मुक्ति पार्टीले पाँच स्थानमा विजय हासिल गरेर तेस्रो स्थानमा रहेको छ । तीन सिट जित्दै एमाले चाैँथाे स्थानमा छ ।

तीन सिट मात्रै जितेर चौँथो स्थानमा रहेको एकीकृत समाजवादीले जम्मा दुई सिटमा मात्रै विजय हासिल गरेको छ । एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 


Author

थप समाचार
x