दल

मानवता विरुद्धको अपराध कारण प्रचण्ड देश र जनताको पक्षमा उभिनै सक्दैनन् : शंकर पोखरेल

इकागज |
फागुन २१, २०७९ आइतबार १३:४७ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगेको आरोप लगाएका छन् । विगतमा मानवताविरुद्धको अपराध गरेका कारण प्रधानमन्त्री प्रचण्ड देश र जनताको पक्षमा उभिनै नसक्नेगरी कायरता प्रर्दशन गर्न पुग्नु परेको महासचिव पोखरेलको तर्क छ । २४औं यदु स्मृति दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा अवलम्बन गरेको उग्रवामपन्थी अतिवादका कारण प्रधानमन्त्री प्रचण्डसँग देशलाई सही बाटोमा हिँडाउने सामथ्र्य नै नभएको दाबी गरेक हुन् । 

पाँच दलीय गठबन्धन असफल भएपछि आफूहरूले देशलाई जोगाउन प्रचण्डलाई प्रधानमन्त्री बनाउनु परे पनि प्रचण्डले त्यसलाई धान्न नसकेको उनको भनाइ छ । ‘पार्टी भित्रको अन्तरसंघर्षमा सही कुरालाई निषेध गर्दा के हुन्छ भन्ने सायद आज प्रचण्डले व्यहोरिरहेका छन् । यदु गौतमका कुराहरू सुनेको भए आज प्रचण्ड आफ्नो देशको पक्षमा उभिन नसक्ने मुलुकको प्रधानमन्त्री यस्तो बिडम्बनापूर्ण राजनीतिको यात्रा गर्नु पथ्र्यो ?,' उहाँले भन्नुभयो, 'उग्रवामपन्थी अतिवाद, मानवताविरुद्धको अपराधका कारण ऊ यति कायर बनेको छ कि देशको पक्षमा उभिन सक्दैन । जनताको पक्षमा उभिन सक्दैन । तर शक्ति संघर्षमा वडा चलाखीका साथ नेतृत्व प्राप्त त गरेको छ । तर, देशलाई सही बाटोमा हिँडाउने सामथ्र्य छैन । किनकी विगतमा अवलम्बन गरेको बाटो गलत थियो भन्ने कुरा त्यो कायरताले प्रकट गर्छ भन्ने मलाई लाग्दछ ।’


महासचिव पोखरेलले विदेशी चलखेलका कारण मुलुकमा नयाँ समीकरण बनेको भन्दै त्यो राष्ट्र र जनताको पक्षमा नरहेको पटकपटक दोहोर्‍याए । 


Author

थप समाचार
x