दल

कांग्रेसले कर्णालीका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने

इकागज |
भदौ ७, २०८० बिहीबार २०:२२ बजे

सुर्खेत- नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले कर्णालीका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने भएको छ । पार्टीले कांग्रेसबाट प्रतिनिधित्व गरेका प्रदेशका विभिन्न पालिकामा रहेका जनप्रतिनिधिहरूलाई वीरेन्द्रनगरमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको हो ।

कांग्रेसले विपी जयन्तीको अवसर पारेर भदौ २४ र २५ गते कर्णालीका स्थानीय तहका जनप्रतिनिधीहरूलाई प्रशिक्षण दिने पार्टीका प्रवक्ता दमन शाहीले जानकारी दिए । उनका अनुसार आज बसेको पार्टीको कार्यसमिति बैठकले प्रशिक्षण कार्यक्रम लगायतका विभिन्न आठ बुँदे निर्णय गरेको छ ।


बैठकले कृष्णप्रसाद भट्टराई स्मृति भवन निर्माण गर्ने भएको छ । त्यसका लागि प्रदेश कार्य समितिका पदाधिकारी, जिल्ला सभापति र कार्य समितिका सम्पूर्ण सदस्यहरूबाट आर्थिक सहयोग संकलन गर्ने निर्णय भएको प्रवक्ता शाहीले जानकारी दिए । यस्तै, प्रदेश कार्य समिति सदस्य रेणु आचार्यलाई लेखा समितिको संयोजकमा मनोनयन गर्ने निर्णय भएको शाहीले बताए । बैठकले जिल्ला सम्मेलन गर्न बाँकी रहेका जिल्लाहरूलाई असोज मसान्तभित्र अनिवार्य सम्मेलन सम्पन्न गर्न पुनः निर्देशन गर्ने छ ।

गत जेठ १९ गते रारा बैठकले गरेका निर्णयको कार्यान्वयन तथा बैठक पश्चात् भएका गतिविधको समिक्षा गरेको छ भने ‘‘आन्तरिक विशेष अभियान’’ प्रभावकारी रूपमा संचालनभई सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको प्रवक्ता शाहीले बताए । 


Author

थप समाचार
x