दल

प्रचण्डलाई शंकर पोखरेलकाे जवाफ : पहिरो एमालेमा होइन माओवादीमा जान जरुरी छ

इकागज |
भदौ १६, २०८० शनिबार १६:४२ बजे

बुटवल- नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीमा पहिरो जान जरुरी रहेको बताएका छन् । एमाले लुम्बिनी प्रदेश अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै महासचिव पोखरेलले माओवादीमा अझै पहिरो जानुपर्ने बताएका हुन् ।

केही दिनअघि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेमा पहिरो जान लागेको भन्दै गरेको टिप्पणीप्रति टिप्पणी गर्दै पोखरेलले यस्तो भनेका हुन् ।


उनले भने, ‘पहिरो एमालेमा होइन पहिरो माओवादीमा जान जरुरी छ ।'

महासचिव पोखरेलले लुम्बिनी प्रदेशमा विवाद गराएको भन्ने प्रचार गराएर पार्टीलाई कमजोर बनाउन खोजिएको आरोप लगाए । उनले आफू र विष्णु पौडेलका बीचमा विभाजनको हल्लालाई अधिवेशनले मिथ्या सावित गराउन प्रतिनिधिहरूलाई आग्रह गरे । अध्यक्ष केपी ओलीको नेतृत्वमा एमाले एकताबद्ध रहेको उनले दाबी गरे ।

पोखरेलले कसैको सहाराबिना २०८४ मा एमालेको एकल सरकार बनाउने गरी लाग्न कार्यकर्ताहरूलाई आग्रह गरे ।


Author

थप समाचार
x