दल

एमाले लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि चुनाव हुने

राति ८ बजेदेखि मतदान हुने

इकागज |
भदौ १८, २०८० सोमबार १८:२८ बजे

बुटवल- नेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि अन्तत: चुनाव हुने भएको छ । यससँगै अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतबाटै नेतृत्व चयन गर्न दिएको निर्देशन अलपत्र परेको छ ।

दुईवटा प्यानल बनाएर नेताहरू चुनावी मैदानमा उत्रिएका छन् । सर्वसम्मत हुन नसकेपछि सोमबार राति ८ बजेदेखि मतदान हुने भएको छ ।


अहिले साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदैछ । त्यसपछि राति ८ बजेदेखि मतदान सुरु गरिने निर्वाचन आयोगका प्रमुख हरि भण्डारीले बताए । 

प्रदेश अध्यक्षमा हरि रिजाल र राधाकृष्ण कँडेल चुनावी मैदानमा छन् । उनीहरूबीच सहमति हुन नसकेपछि चुनावबाट नयाँ नेतृत्व तय गर्न लागिएको हो । सचिवमा भने दाङका लक्ष्मण आचार्य निर्विरोध भएका छन् ।

प्युठानका रिजाललाई महासचिव शंकर पोखरेल र पाल्पाका कँडेललाई उपाध्यक्ष विष्णु पौडेलको समर्थन छ ।


Author

थप समाचार
x