दल

एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध

इकागज |
भदौ १८, २०८० सोमबार २०:२८ बजे

बुटवल- नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् । आचार्य यसअघि पनि प्रदेश कमिटी सचिव थिए ।

सचिवमा मनोनयन दर्ता गराएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध निर्वाचित भएका निर्वाचन समिति प्रमुख हरिप्रसाद भण्डारीले बताए ।


आचार्यले प्यानलगत नभई व्यक्तिगत हिसाबले उम्मेदवारी दिएको बताए । एमालेको लुम्बिनी प्रदेश कमिटीका लागि अरु पदमा भने चुनाव हुने भएको छ । ५ पदाधिकारीमा १४ र २ सय सदस्यमा ३ सय ६४ जनाको उम्मेदवारी परेको थियो । अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरिप्रसाद रिजाल उम्मेदवार छन् ।


Author

थप समाचार
x