दल

राष्ट्रिय सभा सदस्य निर्वाचनको मनोनयनप्रति रास्वपाको विमति

इकागज |
पुस २४, २०८० मंगलबार १८:२८ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय सभा सदस्य निर्वाचनको मनोनयनप्रति विमति जनाएको छ ।

सिंहदरबारमा मंगलबार बसेको रास्वपा सचिवालय बैठकले संविधानको मर्मविपरीत दलीय भागबण्डामा राष्ट्रिय सभाको निर्वाचनमा दलहरूले उम्मेदवार उठाएको भन्दै मनोनयनप्रति विमति जनाएको हो ।


बैठकपछि रास्वपा प्रमुख सचेतक सन्तोष परियारले संविधानको कल्पनाअनुसारको राष्ट्रिय सभा हुन नसकेको र सत्ता बाँडफाँटमा केन्द्रित भएकाले पार्टीको विमति रहेको बताए । राष्ट्रिय सभालाई दलीय भागबण्डामा केन्द्रित गर्दा लोकतन्त्र नै कमजोर हुने उनले बताए । त्यस्तै बैठकले पार्टी सदस्यता शुल्क निर्धारण गरेको, ऊर्जा नीति कार्यदल, सार्वजनिक प्रशासन सम्बन्धी कार्यदलको म्याद थप गरेको परियारले जानकारी दिए ।

त्यस्तै सचिवालय बैठकले पार्टीको निर्वाचन आयोगमा सदस्य थप गर्ने निर्णय गरेको छ । 


Author

थप समाचार
x