दल

राष्ट्रियसभा सदस्य निर्वाचनमा समन्वय गर्न गठबन्धनद्वारा समिति गठन

इकागज |
पुस २४, २०८० मंगलबार २१:५६ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनले समिति गठन गरेको छ । आज साँझ बसेको सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी) बाट राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका मनिष सुमन सम्मिलित समन्वय समिति गठन गरेको हो ।

समितिले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका १९ जना उम्मेदवारलाई विजयी गराउन समन्वय गर्ने जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए । उनका अनुसार समितिको पहिलो बैठक बुधबार दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ ।



Author

थप समाचार
x