दल

सहकारी पीडितहरूको पैसा सरकारले तिर्नुपर्छ : रवि लामिछाने

इकागज |
माघ ६, २०८० शनिबार १५:४७ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितहरूको पैसा सरकारले तिर्नुपर्ने बताएका छन् ।

चितवनमा सहकारी पीडितहरूसँगको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा उनले सहकारी खोल्न सरकारले लाइसेन्स दिने सहकारीका सदस्यहरू मर्का पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने बताए ।


साहारा सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालनका लागि पैसा लगेको कुरा आएपछि लामिछानेले चितवनका सहकारी पीडितहरूसँग भेट गरेका हुन् । सभापति लामिछानेले आफू टेलिभिजनमा रहँदा कुनै पनि सहकारीबाट पैसा लिएको कुरा आफूलाई थाहा नभएको भन्दै सहकारी पीडितहरूको पक्षमा आफू रहेको बताए ।

उनले टेलिभिजनमा रहँदा कार्यक्रम चलाउने समाचार बनाउने जिम्मेवारी पाएको मान्छे टेलिभिजनको लगानी गर्ने जिम्मेवारी तहमा नभएको र टेलिभिजनमा रहँदा सञ्चालनका लागि कुनै पनि सहकारीबाट पैसा ल्याउने निर्णय पनि नभएको बताए ।

लामिछानेले सवाल चितवनका सहकारी पीडितको मात्र नभइ देशैभरका सहकारी पीडितहरूको पक्षमा काम गर्न डा स्वर्णीम वाग्लेको संयोजकत्वमा समाधानसहितको प्रतिवेदन तयार पारेको जानकारी दिए । करिब दुई सयको हाराहारीमा जम्मा भएका सहकारी पीडितहरूले सहकारीमा पैसा डुबेका कारण औषधि उपचार लगायत खान समस्या भएको गुनासो गरेका थिए ।


Author

थप समाचार
x