दल

वर्तमान सरकार असफल : प्रदीप ज्ञवाली

इकागज |
माघ ७, २०८० आइतबार १३:५२ बजे

फाइल तस्बिर

काठमाडौं - नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार बहुआयामिक रूपमा असफल भएको बताएका छन् ।

आइतबार चितवनको भरतपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । 


उनले मुलुकका सबै अंगहरू फेल भइसकेको र सरकार पूर्णरूपमा असफल भएको बताए । 

उनले वर्तमान सरकारबाट जनतामा नैराश्यता छाएको भन्दै एमाले हस्तक्षेपकारी भूमिका निर्वाहको लागि आन्दोलनमा जान लागेको बताए । 

उनले वर्तमान सरकारलाई जनताप्रतिको जवाफदेहिता र विश्वास नरहेको र सत्ता टिकाउन शक्ति केन्द्रहरूको भक्तिभाव गर्ने काममा लागिपरेको आरोप लगाए ।


Author

थप समाचार
x